Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


रोनाल्डोको किर्तिमानी ह्याट्रिकमा युनाइटेड विजयी

एक्सन खबर
बैशाख, ४, २०७९


रोनाल्डोको किर्तिमानी ह्याट्रिकमा युनाइटेड विजयी

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औं ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ ।

युनाइटेडको घरेलु मैदान वोल्ड ट्राफोर्डमा रोनाल्डोले ह्याट्रिक पूरा गरे  । नर्विचका लागि किएरान डेवेल र टिमु पुक्कीले सान्त्वना गोल गरे । सातौं मिनेटमा  रोनाल्डाको गोलमा युनाइटेडले अग्रता बनायो । ३२ औं मिनेटमा रोनाल्डोको ब्यक्तिगत दोस्रो गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा डेवेलले गोल गर्दै अग्रता २-१ मा झारे । पुक्कीले ५२औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । तर, खेलको ७६ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमलाई तीन अंक दिलाए ।

रोनाल्डोको यो क्लब करियरको ५०औं ह्याट्रिक हो । खेल करियरको भने यो ६० औं ह्याट्रिक हो । साथै रोनाल्डो ६०औं ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी हुन् ।

जितपछि म्यानचेस्टर युनाइटेडले ५४ अंक बनाउँदै शीर्ष पाँचमा रहेको छ । लिगको पुछारमा रहेको नर्विचको २१ अंक छ ।

सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

यता, चिरपरिचित म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै  लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार वेम्बली रंगशालामा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै सात पटकको च्याम्पियन लिभरपुल १० वर्षपछि उपाधी नजिक रहेको छ। । सन् २०१२ पछि लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको हो ।

लिभरपुलको जितमा साडियो मानेले दुई तथा इब्राहिम कोनाटले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले गोल फर्काएपनि टोलीले हार टार्न सकेन ।

लिभरपुलले उपाधिका लागि आइतबार साँझ चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेक्नेछ ।
 















0 प्रतिकृया