Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


चौथो जितसँगै बैंगलोर तेस्रो स्थानमा उक्लियो, मुम्बईकाे खराब प्रदर्शन

एक्सन खबर


चौथो जितसँगै बैंगलोर तेस्रो स्थानमा उक्लियो, मुम्बईकाे खराब प्रदर्शन

काठमाडौं । दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौथो जित निकालेको छ ।

शनिबार राति बैंगलोरले दिएको १९० रनको विजयी लक्ष्यमा  दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर मात्र १७३ रन  बनाउन सक्यो । दिल्लीका  डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए । यस्तै कप्तान ऋषव पन्तले ३४ रनको योगदान दिए । बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८९ रनको योगफल तयार पार्यो । बैंगलोरका दिनेश कार्तिकले ६६ रन बनाए । ग्लेन म्याक्सवेलले  ५५ रनको योगदान गरे ।

जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलबाट ४ अंक जोडेर आठौं स्थानमा  छ ।

 मुम्बईको छैटौं हार

यता, मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा लगातार छैटौं हार बेहोरेको छ । शुक्रबार मुम्बईमा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ ।

२०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन  बनाउन सक्यो । मुम्बईका सूर्य कुमार यादवले सर्वाधिक ३७ रन बनाए । लखनउका आवेश खानले ३ विकेट लिए ।

यसअघि  टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो । लखनउका कप्तान लोकेश राहुलले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा  १०३ रन बनाए । यस्तै मनिष पाण्डेले ३८ रन बनाए ।














0 प्रतिकृया