Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


भेट्रान फुटवलमा धरान र दमक विजयी

एक्सन खबर


भेट्रान फुटवलमा धरान र दमक विजयी

धरान । भेट्रान फुटवल प्रतियोगीतामा आज पनि दुई टीम विजयी भएका छन् । धरानमा जारी प्रतियाेगितामा पहिलो खेलमा आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लब र लखनपुर भेट्रान फुटबल क्लब दमक विजयी भएका हुन् ।
 
प्रस्तावित क्षेत्रीय रंगशालामा भएको भेट्रान कप फुटवल प्रतियोगितामा आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लबले डाँडा बजार भेट्रान फुटवल क्लब धनकुटालाई ० का बिरुद्ध १ ले पराजित गर्दै विजयी भयाे ।

खेलमा धरानको तर्फबाट योगेन्द्र राईले गरेकाे एक मात्र गोल निर्णायक भयाे । उक्त खेलको म्यान अफ द म्याच हाम्रो धरान भेट्रानका दिवस राना घोषित हुँदै नगद १५ सय प्राप्त गरे ।
 
त्यस्तै आजै भएको दोश्रो खेलमा लखनपुर भेट्रान फुटबल क्लब झापा दमक भरौल भेट्रान फुटबल क्लब बराहक्षेत्रलाई १ का बिरुद्ध ३ गोल अन्तरले जित निकालेको छ ।

खेलमा भरोलको तर्फबाट सन्तोष चौधरीले १ गोलको अग्रता लिएपनि सो अग्रता जोगाउन नसक्दा हार बेहोर्नु परेको हो । खेलमा लखनपुर भेट्रानका लागि देउमान लिम्बू, चन्द्र कुमार गिरी बिकास राईले एक एक गोल गरेका छन् । खेलको म्यान अफ द म्याच लखनपुरका देउमान लिम्बू गुरुङ घोषित भए ।

भोली साेमबारको पहिलाे खेल दुधे भेट्रान फुटबल क्लब झापा बिरुद्ध दुहबी भेट्रान फुटबल क्लब तथा दोश्रो खेल लेटाङ भेट्रान फुटबल क्लब विरुद्ध बिर्तामोड भेट्रान फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता बिजेताले नगद ८० हजार तथा उपबिजेताले नगद ४० हजार सगै ट्रफि मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।













0 प्रतिकृया