Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

एक्सन खबर
बैशाख, ५, २०७९


प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका- ८ स्थित नवदुर्गा सुनचाँदी पसल  सञ्चालन गरी बसेका २८ बर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका-७ तेह्रथुम घर भई विर्तामोड-८ स्थितमा अटो टेम्पो ग्यारेज सञ्चालन गरी वसेका २७ बर्षीय धन बिर बराल रहेका छन् ।

आज दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो  ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।













0 प्रतिकृया