Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


वीर गोर्खा पत्रकारीता पुरस्कार सुब्बा र सुवेदीलाई दिइने

एक्सन खबर
बैशाख, ५, २०७९


वीर गोर्खा पत्रकारीता पुरस्कार सुब्बा र सुवेदीलाई दिइने

धरान । गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले प्रदान गर्दै आएको वीर गोर्खा पत्रकारीता पुरस्कार यसपाली सञ्चारकर्मीद्वय निलिफा सुब्बा र अर्जुन सुवेदीलाई प्रदान गरिने घोषणा गरिएको छ । साथै गोर्खा नव प्रतिभा पत्रकारीता पत्रकार पारस राईलाई प्रदान गरिने भएको छ ।

वीर गोर्खा पुरस्कारको राशी ५० हजार रुपैया छ । संयुक्त विजेताद्वयलाई उक्त राशी २५/२५ हजार रुपैंयाका दरले प्रदान गरिने छ । गोर्खा नव प्रतिभा पुरस्कारको राशी २० हजार रुपैंया छ ।

आज सोमवार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक प्रेमकुमार राईले पुरस्कृत पत्रकारहरुको नाम घोषणा गरेका हुन् ।
घाेषित नामहरू मध्ये अग्रज महिला पत्रकार निलिफा सुब्बा बेलायती गोर्खा सेनाका लागि युकेबाट प्रशारण हुने वीएसबीएफ रेडियोमा आबद्ध छिन् । पत्रकार सुवेदी कान्तिपुर टेलिभिजनमा सुनसरीका टिभी रिपोर्टर हुन् । पारश राई विजयपुर एफएममा आबद्ध छन् ।

गोर्खा सैनिक भर्ति, पूर्व गोर्खाहरुबाट आर्थिक सामाजिक जीवनमा पारेको प्रभावका बारे रिपोर्टिङ गर्दै आएका पत्रकारहरुलाई उक्त पुरस्कार प्रदान गरिन लागिएकाे हाे ।

नेपाल प्रेस युनियनको सहकार्यमा पुरस्कृत पत्रकारहरुको चयन गरिएको कम्पनी सञ्चालक राईले बताए । उनका अनुसार युनियनका धरान नगर सभापति मातृकाप्रसाद नेपाल, नेपाल पत्रकार महासंघ सुनसरीका सभापति जनकऋषि राई, पत्रकार हर्ष सुब्बाले चयन प्रकृयामा सहयोग गरेका छन् ।

यसअघि वीर गोर्खा पुरस्कार पत्रकार हर्ष सुब्बा र मनिता चाम्लिङलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । नव प्रतिभा पुरस्कार सञ्चिता धमलाले प्राप्त गरेकी थिइन् । यसपालीको पुरस्कार साउन महिनामा कम्पनीमा तालिम लिइरहेका उत्कृष्ट प्रशिक्षार्थीहरु घोषणा र पुरस्कार वितरण समारोहमा प्रदान गरिने बताइएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीका सभापति जनकऋषि राइले पुरस्कारले मुलुकको आर्थिक सामाजिक विकासमा गोर्खा सैनिकको योगदानलाई पत्रकारीताको विधा बनाउन सघाउ पुर्याएको बताए । पत्रकार हर्ष सुब्बाले नेपालको आर्थिक गतिविधिमा रेमीट्यान्सको महत्वपूर्ण भूमिका रहँदै आएकाले पुरस्कारको विषयगत दायरा गोर्खा सैनिकका साथै पूर्वको आर्थिक, सामाजिक क्षेत्रमा वैदेशिक रोजगारीको योगदान सम्म बढाउन आग्रह गरे ।













0 प्रतिकृया