Follow us:


Follow us

९ कार्तिक २०८३, आइतवार
९ कार्तिक २०८३, आइतवार


कम तौल भएको ‘गुडलाइफ’ विरुद्ध उजुरी

एक्सन खबर
बैशाख, ६, २०७९


कम तौल भएको ‘गुडलाइफ’ विरुद्ध उजुरी

सुनसरी । दुहबीमा उत्पादन हुने गुडलाइफ बिस्कुट विराटनगरसहित पूर्वी बजारमा बिस्कुटको उल्लेख गरिएभन्दा कम तौल भेटिएपछि कारवाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ ।

सुनसरीको दुहबीमा उत्पादन हुने गुडलाइफ बिस्कुट कम तौल भेटिएको तर मूल्य भने उहि तिनुपर्ने देखिएको भन्दै उपभोक्तावादी अधिकारवादी संस्था पब्लिक फोरमले आवश्यक छानबिन र कारवाही गर्न माग गर्दै वाणिज्य तथा नापतौल कार्यालयमा उजुरी दर्ता गराएको हो ।

पाकेटमा २ सय १५ ग्राम तौल उल्लेख भएपनि सो ब्रान्डका बिस्कुटको तौल भने कम फेला परेको पब्लिक फोरमले जनाएको छ । सन् २०२२ फरबरी १५ तारिख उल्लेख भएको ब्याच नं. १९ को गुडलाइभ बिस्कुटमा १ सय ९८ देखि २ सय ग्राम मात्र तौल भेटिएको थियो ।

कम तौलका कारण उपभोक्ता ठगिन परेको भन्दै आवश्यक छानबिन र कार्वाहीको लागि सरकारी संयन्त्रको ध्यानाकर्षण गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ अनुसारको कारवाही गर्न माग गरिएको फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताएका छन् । उनले भने, ‘बिस्कुटको ब्याच नं. १९ लटको उत्पादन बजारभरि भएकोले ती सबै फिर्ता लैजाने प्रबन्ध गर्नसमेत आग्रह गरेका छौं ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले उजुरी दर्ता भएकोले त्यस विषयमा अनुसन्धान गर्ने जानकारी दिँदै कैफियत देखिए कार्वाही हुने बताए ।













0 प्रतिकृया