वीरगन्जमा एमालेलाई मेयर, लोसपालाई उपमेयरकाे सहमति
एक्सन खबर
विरगन्ज । वीरगन्ज महानगरपालिकामा नेकपा (एमाले) र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) बीच गठबन्धनकाे सहमति जुटेकाे छ ।
३० वैशाखमा हुने चुनावमा वीरगन्जकाे मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।
एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसकाे पुष्टि गरे । वडा अध्यक्ष र सदस्यकाे हकमा टुंग्याउ बाँकी छ । सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसकाे उम्मेदवारी रहने सहमति भइसकेकाे छ ।
विगतमा कमजाेर रहेकाे एमालेले याेपल्ट मधेश प्रदेशमा विशेष ध्यान दिइरहेकाे छ । गठबन्धनले निर्वाचनमा एमालेलाई पत्ता साफ गर्ने रणनीति अपनाएपनि पछिल्लाे समय एमाले मधेशमा बलियाे बनेकाे छ ।
0 प्रतिकृया