Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


लिग वान उपाधि जित्न पीएसजीले अर्को खेल कुर्नुपर्ने

एक्सन खबर
बैशाख, ८, २०७९


लिग वान उपाधि जित्न पीएसजीले अर्को खेल कुर्नुपर्ने

काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति  भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई ३-० अन्तरले पराजित गरेको छ ।

पीएसजीको जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्क्विन्होसले १-१  गोल गरे । खेलमा चोटका कारण स्टार खेलाडीद्वय लियोनल मेस्सी र नेयमारले विश्राम पाएका थिए ।

यसै खेलमा उपाधि चुम्ने लक्ष्य बनाएको पीएसजीका लागि अर्को खेल कुर्नु पर्ने भएको छ । दोस्रो स्थानको मार्सेलीले बुधबार राति नै जित निकालेपछी पीएसजीले अर्को खेल कुर्नुपर्ने भएको हो ।

जितसँगै पीएसजीले ३३ खेलबाट ७७ अंक बनाएको छ । मार्सेलीको ६२ अंक छ ।













0 प्रतिकृया