Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


बेन्जेमाले दुइ पेनाल्टी चुकाएकाे खेलमा रियलकाे सहज जित

एक्सन खबर
बैशाख, ८, २०७९


बेन्जेमाले दुइ पेनाल्टी चुकाएकाे खेलमा रियलकाे सहज जित

काठमाडौं । ओसासुनालाई ३–१ अन्तरले पराजित गर्दै रियल मड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । घरेलु मैदानमा स्टार खेलाडी करिम बेन्जेमाले पाएको दुई पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

यद्यपि डेभिड अलाबा, मार्काे एसेन्सियो र लुकास भास्क्वेजको गोलमा रियलले महत्त्वपूर्ण तीन अंक हात पार्‍याे । ओसासुनाका एन्टि बुडिमिरले सान्त्वना गोल गरे ।

बेन्जेमाले दोस्रो हाफको ५१औं  र ५९ औं मिनेटमा दुई पेनाल्टी चुकाएका थिए । उनको दुबै प्रहार ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाएका थिए ।

जितसँगै रियलले  ३३ खेलबाट ७८ अंक सहित शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको  एट्लेटिको मड्रिडको ६१ अंक तथा तेस्रो स्थानको बार्सिलोनाको ६० अंक छ ।













0 प्रतिकृया