Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


कांग्रेस नेता बस्नेत ७७ वटै जिल्लाको चुनावी कोर्डिनेसन कमाण्डर

एक्सन खबर
बैशाख, ९, २०७९


कांग्रेस नेता बस्नेत ७७ वटै जिल्लाको चुनावी कोर्डिनेसन कमाण्डर

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवं तरुण दलका निवर्तमान अध्यक्ष जितजंग बस्नेतलाई ७७ वटै जिल्लाको चुनावी कोर्डिनेसन कमाण्डर बनाएको छ ।

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काले बस्नेतलाई जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको जिम्मेवारी दिएका छन् । उपसभापति खड्काले समितिको वैशाख २ गते बैठक राखेर बस्नेतलाई उपसमितिको संयोजकमा मनोनित गरेका हुन् ।

उपसमितिले ७७ वटै जिल्लामा समन्वय गरी परिचालन समितिलाई सघाउने बताइएकाे छ । जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको जिम्मेवारी पाएका बस्नेतलाई ४ वटा कार्यादेश समेत दिइएको छ ।

संघीय प्रादेशिक राजधानीमा रहेका जिल्ला सम्पर्क समितिलाई स्थानीय तहको निर्वाचनमा सम्बन्धित स्थानीय तहमा परिचालित भई पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय भई कार्य गर्न आवश्यक निर्देशन गर्ने जिम्मेवारी दिइएको छ । भने, स्थानीय तह भन्दा बाहिर जिल्लामा रहेका मतदातालाई सम्बन्धित स्थानीय तहमा गई मतदान गर्न प्रेरित गर्ने भनिएको छ ।

यस्तै, जिल्ला सम्पर्क समिति र जिल्ला/पालिका/वडा पार्टीसँग समन्वय गराई परिचालन गर्ने र उपसमितिसँग सम्बन्धित अन्य आवश्यक कार्य गर्ने र गराउने जिम्मेवारी तोकिएको छ ।

नेता बस्नेतले समितिले दिएकाे जिम्मेवारी पूरा गरेर कांग्रेसलाई विजयी गराउने महाभियानमा कटिबद्ध भई लाग्ने जनाए । लाेकतन्त्र, स्थायी शुसासन, विकास र समृद्धिका लागि नेपाली कांग्रेस तथा गठबन्धनकाे जित अपरिहार्य भएकाे बताउँदै बस्नेतले स्थानीय तहकाे निर्वाचनमा बहुमत हासिल गर्नु अनिवार्य रहेकाे बताए ।














0 प्रतिकृया