Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


कांग्रेस जनकपुर उपमहानगर समितिका सभापति साहले पार्टी छाडे

एक्सन खबर
बैशाख, ९, २०७९


कांग्रेस जनकपुर उपमहानगर समितिका सभापति साहले पार्टी छाडे

काठमाडौं । सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी छाडेका छन् ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले कांग्रेस छाडेका हुन् । साहले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने जनाएका छन् ।

‘नेपाली कांग्रेसले जनकपुरको सन्दर्भमा गरेको गलत निर्णय सच्याउन यसअघि २४ घन्टे अल्टिमेटम दिएका थियौं, नभए कठोर कदम चाल्न बाध्य हुनेसमेत भनेका थियौं,’ साहले भने, ‘तर पार्टीले त्यो कुराको सुनुवाइ नगरेपछि नेपाली कांग्रेस परित्याग गरेको हो ।’ उनीसँगै सबै नगर वडा सभापतिहरूले पनि कांग्रेस छाडेका छन् ।

राजिनामा दिनेहरूमा नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहसहित साढे दुई सय सक्रिय सदस्यले रहेका छन् । जनकपुरमा काँग्रेस एक्लैले जित्न सक्ने अवस्था हुँदाहुँदै गठबन्धन गरेर सभापति शेरबहादुर देउवाले ठूलो गल्ती गरेको उनीहरूकाे ठहर छ ।

साहले जनकपुरधाममा काँग्रेस बलियो हुँदाहुँदै पनि पार्टीलाई सिध्याउन सभापति देउवाले यस्तो निर्णय लिएको आरोप लगाए ।

बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठकबाट ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा मिलाएसँगै जनकपुरधाममा कांग्रेस लगायत असन्तुष्ट पार्टीहरुले विरोध गर्दै आएका छन् ।
 













0 प्रतिकृया