Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


भविष्य बचतका अध्यक्षलाई नियन्त्रणमा लिन धरान प्रहरीद्वारा अस्वीकार

एक्सन खबर
बैशाख, १०, २०७९


भविष्य बचतका अध्यक्षलाई नियन्त्रणमा लिन धरान प्रहरीद्वारा अस्वीकार

सुनसरी । धरानकाे भविष्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्र लिम्बूलाई सहकारीका बचतकर्ताहरूले नियन्त्रणमा लिई प्रहरीलाई बुझाए पनि प्रहरीले लेनदेनकाे विषय प्रहरीले हेर्न नमिल्ने भन्दै लिन अस्विकार गरेकाे छ ।

इलाका प्रहरी कार्यालय धरानले अध्यक्ष लिम्बुलाई  नियन्त्रणमा लिएर कारवाही अगाडी बढाउन अस्विकार गरेकाे हाे । बिहीबार बचतकर्ताहरूले अध्यक्ष राईलाई घरबाटै नियन्त्रणमा लिई प्रहरीलाई बुझाएपनि प्रहरीले बुझ्न नमानेको बचतकर्ताहरूकाे गुनासाे छ । सयाैं बचतकर्ताकाे चार कराेड भन्दा बढी बचत अपचलन गरेका लिम्बुलाई प्रहरीले छलफल गराउने जिम्मा मात्रै भएको जवाफ दिएको एक बचतकर्ताले बताए ।

ती बचतकर्ताले जाहेरी दिन्छु भन्दा पनि प्रहरीले दर्ता गर्न नमानेको बताए । इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले लेनदेनको मुद्दा प्रहरीले नहेर्ने बताउँदै अध्यक्ष लिम्बूलाई घटनाका विषयमा बुझ्नका लागि मात्र प्रहरी कार्यालय ल्याएकाे बताए ।

धरान उपमहानगरको सहकारी विकास समितिले केही समयअघि प्रहरीलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो । विकास समितिले आवश्यक कारबाहीका लागि पत्राचार गरेको विषयमा डिएसपी श्रेष्ठलाई जानकारी गराउँदा पनि प्रहरीले  चासाे नदिएकाे बचतकर्ताकाे भनाइ छ ।

धरान उपमहानगरका वरिष्ठ आर्थिक विकास अधिकृत तथा सहकारी विकास समितिका सदस्य–सचिव भक्तिराज शर्माले समस्या आएका सहकारीका विषयमा आवश्यक कारबाही गर्न प्रहरीलाई सिफारिस गर्ने गरेको बताउँदै भविष्य सहकारीका सञ्चालकलाई पनि आवश्यक कारबाही गर्न प्रहरीलाई सिफारिस गरेकाे जानकारी दिए ।

केही वर्ष पहिले सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक कृष्ण दर्नाललाई पनि समितिले सिफारिस गरेको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियाे ।













0 प्रतिकृया