भरतपुर र माडीमा तालमेल गर्दै एमालेले चितवनमा टुंग्यायो उम्मेदवार
एक्सन खबर
कुलप्रसाद काफ्ले
चितवन । नेकपा (एमाले)
चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको
छ । मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवारको टुंगो लगाएको हो ।
भरतपुर
महानगरपालिका र माडी नगरपालिकामा भने एमालेले राप्रपासँग तालमेल गर्दैछ ।
भरतपुर र माडी उपप्रमुखमा एमालेले राप्रपाका लागि दुई पद खाली राखेकाे हाे ।
भरतपुरमा
विजय सुवेदीलाई उमेदवार बनाउने निर्णय एमालेले यसअघि नै गरिसकेकाे छ ।
एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिका
प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिका
प्रमुखमा लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेतीलाई उमेदवार बनाउने
निर्णय भएको छ । खैरहनीको प्रमुखमा एमालेले फेरि चौधरीलाई नै उठाउने भएको
हो ।
रत्ननगर नगरपालिका प्रमुखमा विमला दुवाडी र उपप्रमुखमा यादव
पाठक र कालिका नगरपालिका प्रमुखमा विनोद रेग्मी र उपप्रमुखमा विमला लामालाई
उमेदवार बनाउने निर्णय भएको अध्यक्ष न्यौपानेले जानकारी दिए । एमालेले
रत्ननगरको प्रमुखमा उपप्रमुख भएर एक कार्यकाल काम गरेकी दुवाडीलाई उठाउने
भएको हो ।
माडी नगरपालिकाको प्रमुखमा एमालेले ताराकाजी कुमारी
महतोलाई उठाउने भएको छ । महतोले पनि एक कार्यकाल नगर उपप्रमुख भएर काम
गरिसकेकी छन् । ईच्छाकामना गाउँपालिका अध्यक्षमा दानबहादुर गुरुङ र
उपाध्यक्षमा माया सिलवाललाई उठाउने एमालेले निर्णय गरेकाे छ । आज पालिका
वडाध्यक्षको टुंगो लाग्ने बताइएको छ ।
राप्रपाले पाएको भरतपुर र माडीको उपप्रमुखमा भने अझै टुंगो लागिसकेको छैन । त्यसका लागि राप्रपा आन्तरिक छलफलमै छ ।
0 प्रतिकृया