बीरगञ्ज २२ का वडाध्यक्ष सहित सयाैं एमालेमा प्रवेश
एक्सन खबर
बीरगञ्ज । बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा जसपाबाट निर्बाचित वडाध्यक्ष ग्यासुद्दिन मियाँ एमालेमा प्रवेश गरेका छन् । २०७४ सालकाे निर्वाचनमा बीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा ग्यासुद्दिन मियाँले त्यसबेला १०८७ मत ल्याइ निर्बाचित भएका थिए ।
उनी लगायत सयौंको संख्यामा रहेका जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरु एमालेमा प्रबेश गरेसँगै उक्त वडामा एमालेले बलियाे भएकाे पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले बताए ।
अध्यक्ष मियाँलाई हजरा, केन्द्रीय सदस्य अरबिन्द सिँह, संबिधान सभाका सदस्य बिचारी यादब, प्रदेश कमिटीका सदस्य बसुरुद्दिन अन्सारी, नगर प्रमुख बिजय कुमार सरावगी, चन्दन मिश्र, शिव गुप्ता, इमरान आलम लगायत अगूवा नेताहरुले अबिर तथा दाेसल्ला लगाएर पार्टीमा प्रबेश गराएका थिए ।
सो अवसरमा नव प्रबेशी मियाँले एमालेले जे बोल्छ त्यो गरेर देखाएको हुनाले आफु निश्वार्थ रुपमा पार्टी प्रबेश गरेको बताए । सबै वर्ग, क्षेत्र, लिंङ्ग, समुदायकाे समान अधिकार र विकासका लागि एमाले नै प्रमुख पार्टी रहेकाे उनकाे ठहर छ ।
विरगञ्ज महानगरपाालिकामा जसपाबाट मेयर भएका विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेसँगै जसपाका हज्जाराैं नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरू एमालेमा प्रवेश गरेका छन् । एमाले प्रदेश कमिटी सदस्य बसरूद्धिन अन्सारीले विगतमा मधेशमा एमालेलाई मधेश विराेधी पार्टी भनेर भ्रम छरिएकाेमा याे पटक ती सबै भ्रमहरू हटेकाे बताए ।
वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । वडा अध्यक्ष र सदस्यको हकमा टुंग्याउ बाँकी छ ।
सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।
0 प्रतिकृया