Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


बालेन शाहले दिए काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी

एक्सन खबर
बैशाख, ११, २०७९


बालेन शाहले दिए काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी

काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

युवाहरुमाझ चर्चित रहेका र्यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए । पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी गरे ।

बालेनले आजै आफ्ना प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।













0 प्रतिकृया