बस र माेटरसाइकल ठाेक्किँदा १२ जना घाइते
एक्सन खबर
धरान । सुनसरीको धरानमा आज दिउसो ४ बजे बस र मोटरसाईकल ठोकिँदा १२ जना घाईते भएका छन् । धरानबाट इटहरी तर्फ गईरहेको ना ७ ख ८११९ यात्रुबाहक बसले ईटहरीदेखि धरानतर्फ आईरहेको को २६ प ३२१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ५२ बर्षीय बद्री ढकाल घाईते भएका छन् ।
दुर्घटनामा बस पल्टँदा बसमा सवार ११ जना यात्रु समेत घाईते भएका छन् । घाइते मध्ये सुन्दर हरैचा ७ मोरङ बस्ने ६८ वर्षकी ललिमाया कामी घम्भिर घाइते छन् । सामान्य घाइते हुनेहरुमा सुन्दर हरैचा १२ कि २८ वर्षीया समिका राई सोही वडाकी ८वर्षीया पिङसिका राई उर्लाबारी ६ कि ४४ वर्षीया कल्पना दर्नाल सोही वडाको ५४ वर्षका मादेन दर्नाल रहेका छन् ।
यसैगरी, इटहरी ४ कि २९ वर्षीया जानुका खड्का, इटहरी २ कि ५० वर्षीया शान्ति थापा, इटहरी ६ कि ५२ वर्षीया अम्बिका बास्कोटा, धरान ९ कि १९ वर्षीया सन्ध्या लिम्बू र धरान १६ कि ३१ वर्षीया किशोर माया राई रहेका छन् । उनीहरूकाे धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे इमरजेन्सीमा उपचार भइरहेकाे छ ।
ठक्कर खाने बस र मोटरसाईकल इलाका प्रहरी कार्यलयको नियन्त्रणमा छ ।
त्यसैगरि धरान चतरा सडक खण्ड स्थित खारखोलामा मोटर साईकल बाटोमा चिप्लेर लड्दा श्रीमान र श्रीमती घाइते भएका छन । घाइते हुनेहरूमा गणेश लकान्द्री र श्रीमती रसिला लकान्द्री रहेका छन् । घाईतेहरुको शरिरको विभिन्न भागमा चोट लागेको छ भने उनीहरुको उपचार सोही प्रतिस्ठानमा भईरहेको छ ।
त्यसैगरी आजै चारकोशे जङ्गल तरहरा छेउ निर्माण हुँदै गरेको हाईबेमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटा ९ का मोटरसाईकल चालक २४ वर्षीय रिजन लामिछाने घम्भिर घाइते भएका छन् । उनको घुँडाको भागमा काटिएको तथा हात र शरिरको विभिन्न भागमा चोट लागेको छ। उनको पनि प्रतिष्ठानको आकस्मिक कक्षमा नै उपचार भईरहेको एक्सन खबरकर्मी भरतराज शर्माले जानकारी दिए ।
0 प्रतिकृया