Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


नमाेबुद्ध नगरपालिकाका मेयरका उम्मेदवार लामाले दाबेदारलाई कुटे

एक्सन खबर
बैशाख, ११, २०७९


नमाेबुद्ध नगरपालिकाका मेयरका उम्मेदवार लामाले दाबेदारलाई कुटे

बनेपा । काभ्रेको नमोबुद्ध नगरपालिका मेयरको टिकट सम्बन्धी विवाद हुँदा मेयरका दाबेदार रोशन पाण्डे कुटिएका छन् । उनीमाथि कांग्रेसका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामाले आक्रमण गरेका हुन् ।

आक्रमणबाट पाण्डेको शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । बनेपामा भएको सो घटनापछि घाइते पाण्डेलाई शिर मेमोरियल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

पाण्डे काभ्रेका गणेश लामा पक्षधर हुन् । उनीमाथि कुटपिट गर्ने मेयरका उम्मेदवार कुन्साङ लामा तीर्थ लामा पक्षधर हुन् । पाण्डेले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा किटानी जाहेरी दिने तयारी गरेका छन् । अहिले प्रहरी  घटनास्थलमा पुगेको छ ।













0 प्रतिकृया