Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


कास्कीमा तोडियो गठबन्धन, मित्रवत् प्रतिस्पर्धा गर्ने कांग्रेसको निर्णय

एक्सन खबर
बैशाख, ११, २०७९


कास्कीमा तोडियो गठबन्धन, मित्रवत् प्रतिस्पर्धा गर्ने कांग्रेसको निर्णय

पोखरा । कास्कीमा गठबन्धन टुटेको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई पाँच घन्टा थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो । वडा–वडाबाट आएका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि जिल्ला नेतृत्व दबाबमा परेको थियो ।  

आन्दोलनमा उत्रिएका कांग्रेस नेता कार्यकर्ताहरुले कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई बैठक स्थलमै थुनिदिएका थिए । उक्त दबाबपछि पोखरा महानगको मेयर र उपमेयर बाहेक सबै पदमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको सचिव भानु ढकालले बताए ।

यसअघि कास्कीका ४ गाउँपालिकाको अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गर्ने निर्णय भएपनि मनोनयन गर्न समय २४ घण्टा भन्दा कम बाँकी रहँदा तोडिएको हो ।  

अब कुनै पनि वडा र पालिकामा गठबन्धन नहुने कांग्रेसले जनाएको छ । सबैले आफ्नै उम्मेद्वार उठाउन तयारी गरेका छन् । गठबन्धन दलहरुले सोमबार मात्रै मनोनयन दर्ता गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विज्ञप्ति निकालेर स्वस्थ प्रतिष्पर्धा गर्ने र गठबन्धन बाहेक दलहरुसँग तालमेल नगर्ने निर्णय भएको जानकारी दिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ४४ स्थानीय तहको प्रमुख जितेको कांग्रेस सिट संख्या बढाउन चाहन्छ । पाँच पालिका जितेको माओवादी र भोटको लेखाजोखा नै नभएको एकीकृत समाजवादीले आधाभन्दा बढी स्थानीय पालिका दाबी गरेका छन् ।













0 प्रतिकृया