Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


सुडानमा दुइ समुहकाे झडपमा कम्तीमा १६८ जनाको मृत्यु

एजेन्सी
बैशाख, १२, २०७९


सुडानमा दुइ समुहकाे झडपमा कम्तीमा १६८ जनाको मृत्यु

खार्तुम । सुडानको डार्फरमा प्रतिद्वन्द्वी समूहहरूबीचको झडपमा आइतबार कम्तिमा १६८ जनाको मृत्यु भएको एक सहायता समूहले जनाएको छ । सन् २००३ मा सुरु भएको गृहयुद्धले क्षतविक्षत भएको डार्फरमा गत वर्षको अक्टोबरदेखि विशेष गरी भूमि, पशुधन, पानी र चरनमा पहुँचको विवादका कारण द्वन्द्व बढेको छ ।

पछिल्लो हिंसा पश्चिमी डार्फरको क्रिंक क्षेत्रमा भएको स्वतन्त्र सहायता समूह जनरल कोर्डिनेसन फर रिफ्युजी एन्ड डिस्प्लेस्डका प्रवक्ता एडम रेगलले बताए । ‘आइतबार भएका हमलामा कम्तीमा १६८ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्’, रेगालले भने । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।

दुई जनजातिको हत्याको बदला लिन सशस्त्र जनजातिहरूले गैर–अरब मासलित अल्पसंख्यकका गाउँहरूमा आक्रमण गर्दा हिंसा सुरु भएको सहायता समूहले बताएको छ । शुक्रबार कम्तीमा ८ जनाको मृत्यु भएको थियो ।













0 प्रतिकृया