Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


बार्सिलोना तेश्राे पटक घरेलु मैदानमा पराजित

एक्सन खबर
बैशाख, १२, २०७९


बार्सिलोना तेश्राे पटक घरेलु मैदानमा पराजित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना  घरेलु मैदान नोउ क्याम्पमा रायो भालेकानोसँग १-० अन्तरले पराजित भएको छ ।

भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएकाे हाे । जारी सिजन जाभी होर्नाण्डेजले क्लब संहालेपछि घरेलु मैदानमा बार्सा तेश्राे पटक पराजित भएकाे हाे ।

बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई अब एक अंक भए ३५औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ ।

हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ । समान अंकको सेभिया तेस्रो स्थानमा छ । जित निकालेको रायो भालेकानो ४० अंकसहित ११औँ स्थानमा छ ।













0 प्रतिकृया