Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


‘गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु’ केशब स्थापित

एक्सन खबर


‘गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु’ केशब स्थापित

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका छन् ।

उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’

२०५४ सालमा ८५ हजार मत ल्याएर मेयरमा निर्वाचित भएको बताएका उनले यसपटक पनि आफू निर्वाचित हुने दाबी गरे ।  स्थापित काठमाडौं महानगरको पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् ।

यसैगरी एमालेबाट काठमाडौं महानगरको उपमेयरमा भने सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । डंगोल पूर्व मिस नेवा हुन् ।













0 प्रतिकृया