दुहबी नगरपालिकामा एमाले र गठबन्धनबाट काे काे उम्मेदवार भए ?
एक्सन खबर
सुनसरी । सुनसरीकाे दुहबी नगरपालिकामा नेकपा एमाले र जसपाको गठबन्धनबाट मेयरमा विनय पोखरेल र उपमेयरमा उपमेयर सरोज सिंहले टिकट पाएका छन् । नेकपा एमाले दुहबीले मेयरमा पाेखरेल एक जनाकाे नाम सर्वसम्मत गरेकाे थियाे ।
एमालेले १ देखि १२ वटा वडाहरूमा क्रमसः अजुल हुसैन, लगुन उराँव, माधव भण्डारी, राजन बस्नेत, तेज नारायण रौनियार, मुन्ना हलुवाई, दिनेश विश्वास, अमित राई, ताज मियाँ (मुस्तकिम), शंकर चौधरी, खड्ग उराँव र रामप्रसाद चौधरीलाई उम्मेद्वार बनाएकाे छ ।
यता, कांग्रेस गठबन्धनकाे तर्फबाट भने मेयरमा वेद गच्छदारलाई नै दाेहाेर्याइएकाे छ । उपमेयरमा मेनुका खतिवडालाई टिकट दिइएकाे छ ।
यसैगरी, वडाध्यक्षहरूमा क्रमसः जाकिर हुसेन, अरविन्द बिश्वास, श्रवण बिश्वास, मुस्त्किम मिया, रमेश रौनियार, घनश्याम हलुवाई, बिजय चौधरी, तारिक चन्द सरदार, मेहदि हुसेन, तुलाराम माझी, प्रतापचन्द बिश्वास र खुशिलाल चौधरीलाई उम्मेद्वार बनाएकाे छ ।
गत २०७४ को निर्वाचनमा दुहबीमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट गच्छदारले ७,४२० मत ल्याएर मेयर पदमा बिजयी भएका थिए ।
गत चुनावमा दुहबी नगरपालिकामा ३० हजार ६७२ मतदाता रहेकोमा याे पल्ट ३६ हजार ७३० मतदाता रहेका छन् । नेकपा एमालेले जसपासँग गठबन्धन गर्दा कांग्रेस गठबन्धनसँग माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा लगायतको मत रहेको छ ।
0 प्रतिकृया