Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


बैशाख ३० गते धरानमा राई र भण्डारी, इटहरीमा पौडेल र सुब्बाको भिडन्त सुनिश्चित

एक्सन खबर
बैशाख, १२, २०७९


बैशाख ३० गते धरानमा राई र भण्डारी, इटहरीमा पौडेल र सुब्बाको भिडन्त सुनिश्चित

धरान । सुनसरीको दुई वटा उपमहानगरपालिकामा कांग्रेस गठबन्धन र एमालेले उम्मेदवार टुंगो लगाएको छ । धरान उपमहानगरपालिकामा एमालेले मञ्जु भण्डारीलाई मेयरमा उठाउँदा कांग्रेसले पूर्व नगर सभापति किशोर राईलाई टिकट दिएको छ ।

आजै बसेको कांग्रेस प्रदेश कमिटी बैठकले धरानमा किशोर राईलाई मेयरमा उठाउने निर्णय गर्दा इटहरीमा भने नगर सभापति हेमकर्ण पौडेललाई टिकट दिएको छ । एमालेले इटहरीमा यामकुमार सुब्बालाई यसअघि नै उम्मेदवार बनाएको थियो ।

उपमेयरमा धरानमा माओवादी केन्द्रका अवइन्द्र बेघालाई टिकट दिइएको छ । इटहरीमा भने नेकपा एकीकृत समाजवादीका सुनसरी इन्चार्ज तथा पार्टी खेलकुद विभाग प्रमुख केशव कुमार विष्टलाई उपमेयरको उमेदवार बनाइएको छ ।

धरानको मेयरमा कांग्रेसका प्रदेश १ महामन्त्री उमेश थापा, मेयर तिलक राई र क्षेत्रीय सभापति सुजेन्द्र तामाङको नाम केन्द्रमा सिफारिस गरिएपनि किशोर राईले टिकट पाए । केन्द्रले प्रदेशलाई नै निर्णय गर्ने अधिकार दिएपछि हिजोदेखि निरन्तर छलफल चलेको थियो ।

किशोर राई अखिल नेपाल फुटबल संघको प्रदेश १ अध्यक्ष समेत हुन् । धरानमा सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मेयर, उपमेयरमा गठबन्धन गरेका छन् ।













0 प्रतिकृया