Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


सुनसरीको दुहवीमा पूर्वजिल्ला सभापतिसहित दुई सय जनाले कांग्रेस त्यागे

एक्सन खबर
बैशाख, १३, २०७९


सुनसरीको दुहवीमा पूर्वजिल्ला सभापतिसहित दुई सय जनाले कांग्रेस त्यागे

दुहुवी । सुनसरीको दुहवीमा करिब दुई सय जनाले नेपाली कांग्रेस परित्याग गरेका छन् । विगत लामो समयदेखि कांग्रेस पार्टीमा आस्था राख्दै विभिन्न पदमा रहेका नेता तथा पूर्वराज्मन्त्री समेतले पार्टी परित्याग गरेका हुन् ।

दुहवी कांग्रेसभित्र नातावाद, परिवारवाद र पैसावाद हावी भएपछि उनीहरुले कांग्रेस परित्याग गरेको बताएका छन् । आज दुहवीमा पत्रकार सम्मेलन नै गरेर कांग्रेस पूर्वजिल्ला सभापति समेत भइसकेका प्रदीप चौधरी, पूर्वराज्यमन्त्री सुमित्रा थरुनी लगायत दुई सय जनाले पार्टी परित्याग गरेका हुन् ।

‘दुहवीमा कांग्रेसभित्र परिवारवाद हावी भयो । यस पटकको स्थानीय तहको निर्वाचनमा इमान्दार नेता कार्यकर्ताको मुल्यांकन गरिएन ।’ कांग्रेस पूर्वजिल्ला सभापति प्रदीप चौधरीले भने ।

दुहवीमा नेपाली कांग्रेस गठबन्धनले मेयरमा विजयकुमार गच्छदारका भाई वेदनारायण गच्छदारलाई पुनः मेयरमा उठाएको छ । नगरमा पार्टीभित्रका इमान्दार नेताहरुलाई पन्छाएर ललितानिवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस सभापति देउवाका खास मान्छे विजय गच्छदारले वेदनारायण गच्छदारलाई पुनः मेयरको टिकट दिएको भन्दै असन्तुष्टी छ ।

यसका अलावा सुनसरी ३ को गढी, बर्जु गाउँपालिकामा समेत पार्टीले आफुहरुलाई सम्मानजनक रुपमा नहेरेको भन्दै कांग्रेस परित्याग गर्नेहरुको जमात बढेको छ । आज पार्टी परित्याग गर्नेहरु कुन पार्टीमा जाने टुंगो भने लागेको छैन । पत्रकार सम्मेलनमा उपस्थित भएकाहरुले केही दिनमा कता जाने टुंगो लाग्ने बताएका छन् ।

दुहवी नगरपालिकामा कांग्रेसबाट गच्छदारसँगै नेकपा एमालेका विनय पोखरेलविच चुनाबी प्रतिष्पर्धा हुनेछ ।














0 प्रतिकृया