Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


भतेरी जंगलमा टिपर, बस र कार ठोक्किदा २८ जना घाइते

एक्सन खबर
बैशाख, १४, २०७९


भतेरी जंगलमा टिपर, बस र कार ठोक्किदा २८ जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रिपर, बस र कार आपसमा ठोक्किदा २८ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग १ ख ९३०३ नम्बरको यात्रुबाहक बस र  बिएए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् ।

आपसमा ठोक्किदा बस र कारमा सवार २८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये भरतपुर अस्पतालमा पाँच जना, पुरानो मेडिकल कलेजमा १८ जना र नयाँ मेडिकल कलेजमा पाँच जनाको उपचार भइरहेको अधिकारीले बताए । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए ।

घाइते हुनेहरू निम्नानुसार रहेका छन् ।

१.कारमा सवार जि.गोरखा भिमसेनथापा गा.पा.३ बस्ने बर्ष ४४ को अरुण पाण्डे

२.जि.तनहुँ घिरिङ गा.पा.५ बस्ने बर्ष ३१ को मान बहादुर राना

३. जि.तनहुँ घिरिङ गा.पा.५ बस्ने बर्ष ४५ को मान बहादुर थापा मगर

४.जि.कास्की पोखरा म.न.पा. २९ बस्ने बर्ष २०को सुमन मगर

५.बसमा सवार जि.चितवन भरतपुर म.न.पा.११ बस्ने बर्ष ५९ को राम बहादुर श्रेष्ठ

६.बसमा सवार जि.चितवन भरतपुर म.न.पा.९ बस्ने बर्ष ४० को भेषराज भुषाल

७.कारमा सवार जि.तनहुँ डुम्रे भन्सार बस्ने बर्ष ३० को राममाया गन्धर्व

८.बसमा सवार जि.बारा कलैया बस्ने बर्ष २३ को मुस्ताफा मन्सुरी

नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरुः-

१.बसको सह-चालक जि.नवलपरासी बुलिनटार गा.पा. बस्ने बर्ष २० को सरोज कुमाल

२.बसमा सवार जि.तनहुँ ब्यास न.पा.२ बस्ने बर्ष २७ की निस्ता घले

३.बसमा सवार ऐ.बस्ने निजको छोरी बर्ष ३ की बिनिसा घले

भरतपुर अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरुः-

१.बसमा सवार जि.तनहुँ चन्द्रवती गा.पा. ७ बस्ने बर्ष २० को प्रभु परियार

२.जि.उदयपुर बस्ने बर्ष १९ को शोभित सुसौली

३.जि.उदयपुर बस्ने बर्ष ३६ को प्रकाश बि.क.

४.जि.रुपन्देही बुटवल न.पा.२ बस्ने बर्ष २७ को रबि परियार

५.जि.रुपन्देही बुटवल न.पा.२ बस्ने बर्ष ६ की रबिना परियार

६.जि मकवानपुर कैलाश गा.पा.८ बस्ने बर्ष २४ को बिनोद प्रजा

७.जि.चितवन भरतपुर म.न.पा.१ बस्ने बर्ष ६२ को निल बहादुर क्षेत्री

८.जि.काठमाण्डौ नागार्जुन २ बस्ने बर्ष ४४ को कुमार अधिकारी

९.जि.तनहु म्याग्दे गा.पा.६ बस्ने बर्ष २७ की शर्मिला श्रेष्ठ

१०.जि.तनहु म्याग्दे गा.पा.६ बस्ने बर्ष २० की बिनिसा श्रेष्ठ ।

११.जि.स्याङजा बिरुवा गा.पा.५ बस्ने बर्ष ३२ की लक्ष्मी वाग्ले

१२. जि.स्याङजा बिरुवा गा.पा.५ बस्ने बर्ष ५ को शिव वाग्ले

१३. जि.स्याङजा बिरुवा गा.पा.५ घर भई हाल चितवनको टाँडी बस्ने बर्ष ३९ को यम बहादु आले

जि.स्याङजा बिरुवा गा.पा.५ घर भई हाल चितवनको टाँडी बस्ने बर्ष ५ की आशिका आले

१४.जि.तनहुंँ भानु न.पा.१२ बस्ने बर्ष ६० को राजु माझकोटी















0 प्रतिकृया