Follow us:


Follow us

२३ वैशाख २०८१, आइतवार
२३ वैशाख २०८१, आइतवार


गायक प्रमोद खरेल गम्भीर सवारी दुर्घटनामा

एक्सन खबर


गायक प्रमोद खरेल गम्भीर सवारी दुर्घटनामा

काठमाडौं । गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बुधबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए ।

दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको बताएका छन् । राति नै डिस्चार्ज भएर गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार बाहिरी चोट भएपनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै सामान्य हुनेक्रममा रहेको गायक खरेलको भनाइ छ ।दुर्घटनामा परेपछि गायक खरेलले दुई चार दिन रेकडिङसहितका सबै कार्यक्रम स्थगित गरेका छन् ।

यसबारे जानकारी दिँदै गायक खरेलले फेसबुकमा लेखेका छन् :

एउटा अर्को युद्ध जीन्दगी सँग काठमाण्डूमा रेकर्डींग सकेर हिजो साँझ नेपालंगज Flight लिएर तुलसीपुर दाङको हुने कार्यक्रमको लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निन्द्रा मै मेरो होश त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर bed मा बसाँउदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएछ। त्यस पछि पनि करिब ५/७ मिनट कहाँ बाट आए कहाँ छु पत्तै पाइन। गाडीको Air bag र seat belt ले ज्यान जोगाएछ । सँगैका दुइ आयोजक भाइहरु रक्ताम्य देख्दा मन झनै डरायो । राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमाण्डू आइपुगे । काठमाण्डूमा करिब ६ घण्टा अस्पताल मा Ct scan लगायत सबै जाँच पछि bed rest मा छु। बाहिरी चोट भएपनि internal problem सबै नेगेटिभ आएको छ। बिस्तारै सामान्य हुने क्रममा छु । अब कम्ति मा ३/४ दिन सबै रेकर्डीङ र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाबमा फेरि एक पटक भगवानले हात थामिदिनु भएको छ । उपचार संलग्न Dr Ranjan, Dr srijana, sister Manju, अन्य नर्सहरु (Manmohan cardio Teaching hospital), दाङ hospital, कर्ण ओली, बिमल ढकाल भाइ लगायत सम्पुर्ण प्रति कृतज्ञ छु, नोगेन













0 प्रतिकृया