Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


अल्मुताइरीसँग असन्तुष्ट खेलाडी भन्छन्-क्याम्पबाट भाग्यौं भन्ने अभिव्यक्तिबाट अचम्मित छौं

एक्सन खबर
बैशाख, १५, २०७९


अल्मुताइरीसँग असन्तुष्ट खेलाडी भन्छन्-क्याम्पबाट भाग्यौं भन्ने अभिव्यक्तिबाट अचम्मित छौं

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका  प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेका १० खेलाडीले पत्रकार सम्मेलन गरेका छन् ।

खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विवाद बाहिर आएसँगै कप्तान किरणकुमार लिम्बू आफ्ना सहकर्मीको पक्षमा देखिएका थिए । त्यसको भोलिपल्ट नै खेलाडीले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका  हुन् ।

यसअघि एसियन कप २०२३  छनोटका लागि खेलाडी राखिएको होटेलको विषयमा रक्षक रोहित चन्दले प्रशिक्षक अब्दुल्लाहसँग कुरा राख्दा उनले टिमबाट निकाल्ने प्रयास गरेसँगै अन्य १० खेलाडीले सहमति जनाउँदै होटेलसहित टिम अभ्यास सत्र छाडेका थिए ।

'हामीले यसबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई पनि जानकारी दिइसकेका थियौं । समस्या सुल्झाउन कदम चाल्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीबाट सार्वजनिक मिडियामा हामी क्याम्पबाट भाग्यौं भन्ने अभिव्यक्ति दिनुले हामी अचम्मित भएका छौं,' खेलाडीले भनेका छन्, 'टोलीभित्र आन्तरिक समस्यालाई नेतृत्व र व्यवस्थापनसँग समन्वय गरेर सुल्झाउने हाम्रो प्रयास थियो । तर, सार्वजनिक रूपमा नै हाम्रो बारेमा झुटो आरोप लागेपछि हामी सत्य तथ्य जानकारी दिन यहाँ प्रस्तुत भएका छौं ।'

प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै प्रशिक्षणमा रहेका १० खेलाडीले अलमुताईरीविरुद्ध बिद्रोह गरेका थिए । पत्रकार सम्मेलनमा बन्द प्रशिक्षण बहिस्कार गरेका १० खेलाडीसँगै नव निर्वाचित खेलाडी संघबाट अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथु उपस्थित भएका थिए । सिनियर खेलाडीलाई बाहिर राख्दै राष्ट्रिय फुटबल टोली बढाउने योजनामा अलमुताइरी देखिएको छ । कप्तान किरण चेम्जोङसँगै प्रशिक्षणमा रहेका चार खेलाडी पनि खेलाडीकै पक्षमा उभिएका छन् ।

खेलाडीहरुले प्रशिक्षकसँगको विवादबारे एन्फालाई जानकारी गराएको तर एन्फा नेतृत्वले मिडियामा गलत अभिव्यक्ति दिएको समेत जनाएको छ । ‘हामीले प्रशिक्षकसँग कुरा गर्न जाँदा हामीलाई पनि पटकपटक क्याम्प छोडेर जान भनेपछि हामी प्रशिक्षण क्याम्प छोड्न बाध्य भएका हौं हामीले यसबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई पनि जानकारी दिइसकेका थियौँ,’ विज्ञप्ति भनिएको छ ।

नियमित कप्तान किरणको अनुपस्थितिमा सिनियर खेलाडीको रुपमा टोलीको जिम्मेवारी सम्हालिरहेका रोहितले चन्दलाई बन्द प्रशिक्षणबाट निकालेपछि सिनियर खेलाडीले मुख्य प्रशिक्षकसँग छलफल गर्न चाहेका थिए ।

प्रशिक्षणको क्रममा बस्ने/खानेको राम्रो प्रबन्ध हुनुपर्ने खेलाडीको मागलाई रोहितले प्रशिक्षक अलमुताईरी समक्ष राखेका थिए । सोही मागमा अलमुताईरीले रोहितलाई क्लोज क्याम्पमा राख्न नसकिने भन्दै निस्किएर जान भनेका थिए ।













0 प्रतिकृया