Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


बालुवाटारमा बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

एक्सन खबर
बैशाख, १६, २०७९


बालुवाटारमा बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । बागी उम्मेदवारी फिर्ता लिने समय घर्किंदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बैठक सुरु हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने उनको भनाइ छ । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ ।

११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।

उम्मेदवारी फिर्ता लिने समय भने शुक्रबार ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि पनि बिहीबार गठबन्धन दलहरूको बैठक बसेको थियो । तर, अझै पनि धेरै ठाउँमा बागी उम्मेदवारी फिर्ता हुन बाँकी छ ।  

आधिकारिक उम्मेदवारलाई निर्वाचन जित्न कठिन हुनेगरी बागी उम्मेदवारी परेपछि गठबन्धन दलहरू मध्ये नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)मा तनाबकाे स्थिति सृजना भइरहेकाे छ । खासगरी भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल विरूद्ध कांग्रेसबाट बागी उम्मेदवार उठेपछि गठबन्धन तनाबमा छ ।
 













0 प्रतिकृया