Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


मेराे माइक्रोफाइनान्सले ऋण तिर्न नसक्दा घरमा आगो लगाइदिएको आरोप

एक्सन खबर
बैशाख, १६, २०७९


मेराे माइक्रोफाइनान्सले ऋण तिर्न नसक्दा घरमा आगो लगाइदिएको आरोप

सुधा देव
सप्तरी । सप्तरीको कदमाहामा सञ्चालित मेरो माइक्रोफाइनान्स लघुवित्त बैंकका कर्मचारीहरुमाथि ऋण तिर्न नसक्दा ऋणीको घरमा आगो लगाइदिएको आरोप लागेको छ । सुरुङ्ग नगरपालिका-३ लक्ष्मीपुरकी सरस्वती सिंहको घरमा गत ५ वैशाखमा बैंकका कर्मचारीहरुले आगो लगाइदिएको पीडितको आरोप छ।

समयमै ऋण तिर्न नसक्दा सरस्वतीकी ९२ वर्षीया हजुर सासुआमा लालोदेवी महतोलाई गालीगलौज गरी उनको दुईवटा भैसी खोलेर लान लाग्दा बैंककै महिला कर्मचारीले बिँडी सल्काई आफ्नो घरमा आगो लगाएको आरोप लागेकाे छ ।  

आगलागीबाट २४ लाख ३६ हजार बारबरको धनमाल नष्ट भएको सिंहले बताइन् । उनले संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराइदिन मागसहित प्रहरीमा उजुरी दिएकी छिन्।

लघुवित्त संस्थाका शाखा प्रवन्धक महादेव चौधरीले संस्थाका कर्मचारीले आगो नलगाएको, तर भैसी चाहिँ ल्याएको बताए। ३ असार ०७८ मा ५० हजार र ६ असोजमा दुई लाख गरी दुईपटक ऋण लिएकी सरस्वतीले दुई लाखको १२ हजार पाँच सयका दरले पाँच किस्ता र ६ हजारका दरले ५० हजारको नौ किस्तासमेत बुझाइसकेको प्रबन्धक चौधरीको भनाइ छ।













0 प्रतिकृया