Follow us:


Follow us

१ साउन २०८३, शुक्रवार
१ साउन २०८३, शुक्रवार


आज माता तिर्थ औँसी, आमा प्रति श्रद्धा व्यक्त गर्ने दिन

एक्सन खबर
बैशाख, १७, २०७९


आज माता तिर्थ औँसी, आमा प्रति श्रद्धा व्यक्त गर्ने दिन

काठमाडाैं । आज माता तिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धाका साथ मनाइँदैछ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने गरिन्छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।भने, आमा नभएकाहरूले आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंङ्गत आमाकाे स्मरण गर्ने गर्दछन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ ।

बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।

यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएकाेमा यस वर्ष भने कोरोना संक्रमण दर न्यून भएकाले मेला लाग्ने नगरपालिकाले जनाएको छ ।

आमाको बारेमा शास्त्रीय बचन छ, आफना सन्तानहरु जति कपुत्र, कुपुत्री भएपनि आमाबाट प्राप्त हुने माया कसैबाट पनि प्राप्त हुन सक्दैन । त्यसैले आजको दिन सबैले आफना आमालाई श्रद्रा, भक्ति गर्ने दिन हो ।

आज अश्विनी नक्षत्र, प्रिती योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान ५ः३६ मिनेटमा सूर्योदय हुनेछ भने ६ः३६ मा मात्र सूर्यास्त हुनेछ । आजको देवता विष्णु र ग्रहदेव बुध रहेको छ । आज विहान ८ः४४ देखि १०ः२३ सम्मको समय राहुकाल रहेको छ । ११ः३५ देखि १२ः२७ सम्मको समय अभिजित मुहूर्तको समय छ । राहुकाल भएको समयमा शुभकार्य निषेध गरेको छ । अभिजित मुहूर्तको समयमा शुभकार्य गर्न सकिन्छ ।

शनिवार, औशी पनि भएकाले आजको दिन देवालय, शिवालयको यात्रा फलदायी हुनेछ । औशीको दिन आफ्ना पितृदेवहरुको सम्झनामा जल अभिषेक र दान गर्नु उत्तम मानिन्छ ।













0 प्रतिकृया