Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


जगन्नाथ पौडेलसहित कांग्रेसका ‘बागी उम्मेदवार’ स्वतः पार्टीबाट निस्कासित

एक्सन खबर
बैशाख, १६, २०७९


जगन्नाथ पौडेलसहित कांग्रेसका ‘बागी उम्मेदवार’ स्वतः पार्टीबाट निस्कासित

नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका उम्मेदवार निस्कासित भएका छन् । कांग्रेसले आज विहानै विज्ञप्ति जारी बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि निर्वाचन आयोगको समय सिमाभित्र उम्मेदवारी फिर्ता नलिनेहरु स्वतः निस्कासित भएका हुन् ।

कांग्रेस पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान जारी गरेको विज्ञप्तिमा भनिएको थियो–‘उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ,’

भरतपुर उपमहानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल, जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका मनोज साह लगायतका नेताहरु कांग्रेसको निर्णयअनुसार स्वत निस्कासनमा परेका छन्।

निर्वाचन आयोगले उम्मदेवारी फिर्ता लिन दिएको शुक्रबार साँझ पाँच बजेसम्मको समयमा उनीहरूले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछी अब उनीहरु स्थानीय तहको उम्मेदवार कायम भएका छन् ।

याे पनि हेराैं

लोसपाको हेराइमाः जसपा माओवादी केन्द्रको ‘भाई’ कांग्रेस अनुदारवादी












0 प्रतिकृया