Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि तालमेल गर्ने गठबन्धनको निर्णय

एक्सन खबर
बैशाख, १८, २०७९


उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि तालमेल गर्ने गठबन्धनको निर्णय

काठमाडौं । पाँच दलीय गठबन्धनले उम्मेदवारी फिर्ता नलिएका र फिर्ता लिने समय अपुग भएका स्थानीय तहमा गठबन्धन दलहरूबीच भएको समझदारीअनुसार तालमेल गर्न आ–आफ्ना दलले मातहतका निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।

दलका आधिकारिक र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन चिह्न पाएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको गठबन्धन दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आइतबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

ठाउँ ठाउँमा गठबन्धनका केही दलले तालमेलको समझदारीविपरीत उम्मेदवारी दर्ता गराए पनि फिर्ता लिएनन् । उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन दलहरूबीच केही ठाउँमा तालमेलको विषय पेचिलो बनेको छ ।

यस्तै बैठकले गठबन्धनको मर्म र भावनाअनरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने पनि बैठकको निर्णय छ ।
 













0 प्रतिकृया