Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


बत्तिसपुतलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
बैशाख, २०, २०७९


बत्तिसपुतलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित बत्तिसपुतलीमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । स्थानीय गौथली बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

गोल्डेन गेट कलेजमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये १९३ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र १३२ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २२ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४१ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसीले यसअघि शुक्रवार कपनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर ९६२ जनाको उपचार गरेको थियो । केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइरहेको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।

















0 प्रतिकृया