Follow us:


Follow us

६ वैशाख २०८१, बिहिवार
६ वैशाख २०८१, बिहिवार


भक्तपुरमा मतदाता प्रभावित पार्न दलहरूले बाँड्न थाले सामान

एक्सन खबर
बैशाख, २०, २०७९


भक्तपुरमा मतदाता प्रभावित पार्न दलहरूले बाँड्न थाले सामान

भक्तपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलका उम्मेदवारहरू मतदातालाई प्रभावित पार्ने अभियानमा लागेका छन् । मतदाता आकर्षित गर्न भक्तपुरका सूर्यविनायक र चाँंगुनारायण नगरपालिका क्षेत्रमा राजनीतिक दलहरुले सामान बाँडेको पाइएको हो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुई नगरपालिकामा सामान बाँंडेपछि रोकेको जानकारी गराइन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजनामा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसहितको पत्रकारसँंग मंगलबार गरेको निर्वाचनबारे अन्तरक्रिया कार्यक्रममा शर्माले एक ठाउँंमा बाँंडिरहेको र अर्को ठाउँंमा बाँंड्ने थाहा पाएपछि रोकिएको उल्लेख गरिन् ।

‘एक ठाउँंमा राजनीतिक पार्टीले निर्वाचन लक्षित सामान बाँंडिरहेको खबर पाएपछि स्थानीय प्रहरी परिचालन गरी रोकियो,’ उनले भनिन्, ‘त्यहाँं कम्वल र थर्मस वितरण गरिएको रहेछ ।’ अर्को ठाउँंमा भोलि कार्यक्रम हुने र त्यहाँं सामान पनि वितरण गरिने जानकारी पाएपछि कार्यक्रम नै गर्न नदिएको उनले सुनाइन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठले जिल्लामा अहिलेसम्म १८ वटा आचारसंहिता विपरीतका घटना भएको जानकारी गराए ।

प्रहरीलाई जानकारी भएपछि त्यस्ता घटना हुन नदिएको उनले बताए । कतै प्रहरी पुगेर सम्झाइबुझाइ गरेपछि समस्या समाधान भएको र कहीँ भने अटेर गरेको पाइएको उनको भनाइ छ ।













0 प्रतिकृया