Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


‘नेकपा एमालेको सरकार राष्ट्रिय आवश्यक्ता हो’ भगवती चौधरी (भिडिओ सहित)

एक्सन खबर
बैशाख, २७, २०७९


‘नेकपा एमालेको सरकार राष्ट्रिय आवश्यक्ता हो’ भगवती चौधरी (भिडिओ सहित)

सुनसरी । नेतृ भगवती चौधरीले देशव्यापी रुपमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन आब्हान गरेकी छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु हुनु अगाडी भिडिओ सन्देश जारी गर्दै एमाले केन्द्रीय सदस्य चौधरीले देशभर नेकपा एमालेका उम्मेदवारले ऐतिहासिक जित हासिल गर्ने भन्दै मतदाताहरुलाई सुर्य चिन्हमा मतदान गर्न आब्हान गरेकी हुन् ।

‘२०७९ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन मुखमै आइसकेको छ । आम जनसमुदाय सबैलाई सुर्य चिन्ह अंकित उम्मेदवारलाई जिताइ दिन अनुरोध गर्दछु ।’ भिडियोमा चौधरीले भनेकी छन् ।

भोलीको दिनमा समाजवाद निर्माण गर्न, भोलीको लागि देश बनाउन, आर्थिक समृद्धी हासिल गर्नको लागि नेकपा एमालेलाई पुनः जिताउनु पर्ने चौधरीको भनाई छ । राष्ट्रियताको लडाई लड्न, आर्थिक समृद्धि हासिल गर्न पनि देशका तीनै तहमा एमालेको सरकार आवश्यक रहेको चौधरीको दावी छ ।

उनले नेकपा एमालेको सरकार राष्ट्रिय आवश्यक्ता समेत भएको बताएकी छन् । बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

हेर्नुहोस भिडिओ














0 प्रतिकृया