Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


जर्जको दुई गोलसँगै अभ्यास खेलमा नेपालकाे शानदार जित

एक्सन खबर
बैशाख, २८, २०७९


जर्जको दुई गोलसँगै अभ्यास खेलमा नेपालकाे शानदार जित

काठमाडौं । जेठ अन्तिम साता एएफसी एसियन कप–२०२३ छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास खेलमा अफ्रिकन क्लब एभिनिर एफसीविरुद्ध ४–१ को जित निकालेको छ ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा जर्ज प्रिन्स कार्कीको दुई गोल मद्दतमा नेपालले सहज जित पाएको हो । तेस्रो भेटमा जित निकाल्ने क्रममा जर्जले दुई गोल गर्दा मनिष डांगी र दर्शक गुरुङले एक एक गोल गरे ।

यस अघि समेत नेपालले एभिनिरसँग दुई पटक खेलेको थियो । दुवै खेल गोलरहित बराबरीमा समाप्त भएको थियो ।

नेपाली टिम शुक्रबार कतार प्रस्थान गर्ने तयारीमा छ । नियमित टोलीका १० खेलाडी टिम बाहिर रहेको अवस्थामा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले टोलीलाई कतारमा अभ्यास गराउँदैछन् ।

यसबीचमा नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । तर मैत्रीपूर्ण खेलको सम्भावना कम रहेको एन्फा स्रोतले बतायो । एसियन कप छनोटमा नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।













0 प्रतिकृया