Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


नेपाल मेडिकल कलेजले मनायाे विश्व नर्सिङ दिवस

एक्सन खबर
बैशाख, २९, २०७९


नेपाल मेडिकल कलेजले मनायाे विश्व नर्सिङ दिवस

काठमाडौं । विश्व नर्सिङ दिवसको अवसरमा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा कार्यरत नर्सहरुले कार्यक्रम गरीएकाे छ । कलेजमा आयोजित कार्यक्रममा स्टाफ नर्स, फ्याकल्टी तथा कलेज प्रशासनले नर्सिङ दिवसमा एकापसमा शुभकामना साटासाट गरेका छन् ।

कार्यक्रममा बिरामीलाई निको पार्न डाक्टरहरुको जति भूमिका रहन्छ त्यत्तिकै नर्सहरुको समेत महत्वपूर्ण भूमिका रहने चर्चा गरिएको थियो ।

कलेजमा उपचारार्थ आउने बिरामीको स्याहारसुसार गर्न तथा बिरामीको औषधोपचार गर्न नर्सहरुको योगदान अतुलनीय रहने मात्र नभएर मानवीय सेवाका लागि नर्सहरु विश्वकै लागि सम्मानीत व्यक्ति रहेको बताइएको छ । कलेजका अस्पताल इन्चार्ज दिलिप साहका अनुसार कलेजमा कार्यरत चिकित्सक, शिक्षक, नर्स तथा कर्मचारीको प्रोत्साहन गर्न विभिन्न अवसरहरुमा कार्यक्रम गरिँदै आएको छ । नर्सिङ दिवस आफैंमा सम्मानीत दिन भएकाले कलेजले कार्यक्रम गरेको हो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्री, भाइस प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, मेडिकल डाइरेक्टर डा. राजेश किशोर श्रेष्ठ, डाइरेक्टर डा. सविहा यास्मिन, डा. प्रकाश, प्रमुख प्रशासक ज्योति खड्का, हस्पिटल मेनेजर डा. जिवन ओली, मेट्रोन उर्मिला श्रेष्ठ लगायत अस्पतालमा कार्यरत नर्सहरुको सहभागीता रहेको थियो ।

नेपाल मेडिकल कलेजमा विरगञ्जको नेशनल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीको प्रवेश सँगै स्वास्थ्य सेवा र शिक्षण सेवामा दिनप्रतिदिन उल्लेखनीय सुधार भइरहेको छ । स्वास्थ्य सेवा तर्फ उच्चस्तरीय उपकरणहरु भित्र्याउँदै दक्ष तथा अनुभवी चिकित्सकहरु समेत थप गर्दै आएको एनएमसीले आगामी दिनमा विशिष्टिकृत सेवाहरु समेत सञ्चालन गर्ने तयारी गरेको छ ।

आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ। ‘नर्सहरु: नेतृत्व गर्ने एउटा आवाज–नर्सिङमा लगानी गरी विश्व स्वास्थ्य सुनिश्चित गर्न अधिकारहरुको सम्मान गरौं’ नारासहित यो दिवस मनाइएकाे हो।

नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका गरी ४८ हजार ९ सयभन्दा धेरै नर्सहरू रहेकाे नेपाल नर्सिङ परिषदको तथ्यांकमा छ । परिषद्काे परीक्षा पास नगरी नर्सिङ सेवामा काम गर्न पाइँदैन ।















0 प्रतिकृया