Follow us:


Follow us

१९ वैशाख २०८३, शनिवार
१९ वैशाख २०८३, शनिवार


एमाले नेतृ चौधरीले गरिन मतदान

एक्सन खबर
बैशाख, ३०, २०७९


एमाले नेतृ चौधरीले गरिन मतदान

दुहवी । नेकपा एमालेकी चर्चित नेतृ भगवती चौधरीले मतदान गरेकी छन् । आज विहान सुनसरी क्षेत्र नं. ३ अन्तरगत दुहवी नगरपालिका वडा नं. २ को नविन शिक्षा निकेतन आधारभूत विद्यालयको मतदान केन्द्रबाट चौधरीले मतदान गरेकी हुन् ।

मतदानपछि प्रतिकृया दिँदै चौधरीले स्थानीय तहको निर्वाचनले लोकतन्त्र र जनताको अधिकार सुनिश्चित गरेको बताइन् । जनताका हरेक सुखः दुखमा प्रत्यक्ष जोडिने निकाय भएकाले स्थानीय सरकारको महत्व रहेको बताउँदै चौधरीले इमान्दार, दक्ष तथा योग्य जनप्रतिनिधि छनौटमा मतदाताले ध्यान दिनुपर्ने पनि बताइन् ।

एमाले केन्द्रीय सदस्य चौधरीले देशभर नेकपा एमाले प्रति जनलहर रहेको जिकीर गर्दै अधिकांश स्थानीय तहमा एमालेले जित हासिल गर्ने बताइन् ।













0 प्रतिकृया