मतदानको निर्धारित समय सकियो, करिब ५५ प्रतिशत मत खस्याे
एक्सन खबर
काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ ।
देशभर शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा कति प्रतिशत मत खसेको हो भन्ने अन्तिम विवरण आउन बाँकी रहेको छ । देशका केही स्थानमा झपड र विवाद भए भने सर्लाहीको धनकौलमा भएको तनावपूर्ण अवस्थालाई नेपाली सेनाले नियन्त्रणमा लिनुपरेको थियो ।
देशभर ५५ प्रतिशतको हाराहारीमा मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साढे ४ बजेसम्म ५५ प्रतिशतको हाराहारीमा मत खसेको जानकारी दिए ।
0 प्रतिकृया