Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


सुनसरीको दुहबीमा कांग्रेसलाई अग्रता

एक्सन खबर
बैशाख, ३१, २०७९


सुनसरीको दुहबीमा कांग्रेसलाई अग्रता

दुहवी । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । ताजा अपडेट अनुसार दुहबीमा गठबन्धन दलबाट प्रमुख पदमा कांग्रेसका उम्मेदवार बेदनारायण गच्छदारले अग्रता लिएका हुन् । गच्छदारले २२० मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी नेकपा एमालेका विनय पोखरेलले १५९ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि कांग्रेसले नै अग्रता लिएको छ । उपमेयरमा कांग्रेसले १८३ मत प्राप्त गर्दा जसपाले ४१ मत पाएको छ । राप्रपाले ३५ मत हासिल गरेको छ । दुहबी वडा नं. १ को मतगणनामा वडाध्यक्षमा भने नेकपा एमालेले अग्रता लिएको छ । एमालेले २१० मत पाउँदा कांग्रेसले १८१ मत प्राप्त गरेको छ ।

दुहबी नगरपालिकामा ३६ हजार ७ सय ३० मत मध्ये २९ हजार ०३ मत खसेको थियो । ७८.७५ प्रतिशत मत खसेको दुहबीमा कांग्रेस एमाले विच मुख्य चुनाबी प्रतिष्पर्धा भइरहेको छ ।
















0 प्रतिकृया