Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


सुनसरीको दुहवी नगरपालिकामा एमालेले खाता खोल्यो

एक्सन खबर
बैशाख, ३१, २०७९


सुनसरीको दुहवी नगरपालिकामा एमालेले खाता खोल्यो

दुहवी । सुनसरीको दुहवीमा नेकपा एमालेले खाता खोलेको छ । दुहवी नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एमालेका अजुल हुसेन विजयी भएका छन् । उनले ९२९ मत हासिल गर्दा प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवारले ८ सय १३ मत मात्र ल्याउन सफल भए ।

त्यसैगरी वडा नं.१ मा मेयर तर्फ कांग्रेसका वेदनारायण गच्छदारले ९ सय १४ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेसकै मेनुका खतिवडाले ८ सय ५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । एमालेबाट मेयरका उम्मेदवार विनय पोखरेलले ७८७ मत र जसपाबाट सरोज कुमार सिंहले १ सय ५५ मत प्राप्त गरेका छन् ।

यस्तै सुनसरीकाे बर्जु तथा गढी गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम गरेकाे छ । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाउँदा एमाले तेश्राे स्थानमा छ । दाेश्राे स्थानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ रहेका छन् ।

इटहरी उपमहानगरपालिकामा पनि नेपाली कांग्रेसले अग्रता कायम गरेकाे छ । कांग्रेसका हेमकर्ण पाैडेलले एमालेका यामकुमार सुब्बालाइ पछि पारेका छन् ।













0 प्रतिकृया