Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


पेट्राेल, डिजल र मट्टीतेलमा १० रूपैयाँ बढ्याे

एक्सन खबर
जेठ, १, २०७९


पेट्राेल, डिजल र मट्टीतेलमा १० रूपैयाँ बढ्याे

काठमाडौं, ३० वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो । अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ ।

शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले अन्तराष्ट्रिय बजारमा प्रेटाेलियम पदार्थकाे मुल्य बृद्धि भएसँगै नेपालमा पनि मुल्य बढाइएकाे हाे । शनिबार बढाइएको इन्धनको मूल्य निगमको इतिहासमै एकैपटक भएको सबै भन्दा ठूलो मूल्यवृद्धि हो ।

अघिल्लो महिनाको विवरणअनुसार आयल निगमको घाटा नौ महिनामा ३३ अर्ब छ । त्यस अवधिमा सरकारले राजश्व र करमा गरेर उपभोक्ताबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेकाे छ । सरकारले सडक मर्मत, प्रदुषण नियन्त्रण, पूर्वाधार विकास कर लगायतका ७ शीर्षकमा अहिले भन्सार विन्दुमै उपभोक्ताबाट कर असुल गरिरहेकाे छ ।

स्थानीय तहकाे निर्वाचनकाे मतदान सकिएलगत्तै सरकारले पेट्राेलियम पदार्थकाे मुल्य बढाएकाे हाे । मतगणना नसकिँदै उपभाेक्तालाइ मुल्यबृद्धिकाे मारमा पारेकाे भन्दै सरकारकाे आलाेचना भएकाे छ ।

 













0 प्रतिकृया