सुनसरीको गढी र बर्जुमा एमालेको अग्रता कायमै
एक्सन खबर
दुहवी । सुनसरीमा नेकपा एमालेले दुईवटा गाउँपालिकामा अग्रता कायम गरेको छ । स्थानीय तहको निर्वाचनमा गढी तथा बर्जु गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय अनुसार नेकपा एमालेबाट गढी गाउँपालिकाको प्रमुख पदका उम्मेदवार आश नारायण चौधरीले ३७० मतले अग्रता बनाएका छन् । उनले १३२२ मत पाउँदा कांग्रेसका प्रतिष्पर्धी महेश दत्तले ९५२ मत पाएका छन् ।
गढीको उपमेयरमा पनि एमालेले नै अग्रता बनाएको छ । एमालेकी उम्मेदवार अनिता साहले ११११ मत पाउँदा कांग्रेसले राजकुमारी चौधरीले १०७५ मत पाएकी छन् । माओवादी केन्द्रमा प्रमुख उपप्रमुखका उम्मेदवारले ६१ र ६६ मत पाउँदै तेश्रो स्थानमा छन् ।
यता बर्जु गाउँपालिकामा पनि नेकपा एमालेले अग्रता कायमै राखेको छ । बर्जु प्रमुखमा एमालेका जिवछ कुमार रायले १२१३ मत ल्याउँदा कांग्रेसका रघुनन्दन चौधरीले ९०६ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकै नितू चौधरीले ११७५ मत प्राप्त गर्दा कांग्रेसकी संगीता रायले ८९६ मत प्राप्त गरेकी छन् । पालिकामा वडाहरुमा वडाध्यक्षसहित एमालेकै मेयर उपमेयरले अग्रता लिइरहेका वडा नं. २ को मतगणना स्थलमा रहेका प्रतिनिधिले जनाएका छन् ।
बर्जुको वडा नं. १ मा नेकपा एमालेका दिलबहादुर गुरुङ विजयी भएका छन् ।
दुई उपमहानगरमा कमजोर एमाले
सुनसरीको दुई उपमहानगरपालिकामा नेकपा एमाले कमजोर भएको छ । ०७४ सालको स्थानीय तहमा मेयर उपमेयर सहित जित हासिल गरेका एमालेले योपल्ट धरान र इटहरी उपमहानगरपालिका गुमाउने अनुमान गरिएको छ ।
पछिल्लो मत परिणाम अनुसार धरानमा कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले अग्रता बनाएका छन् भने, इटहरीमा पनि कांग्रेसकै हेमकर्ण पौडेलले ५ सय मतले एमालेका यामकुमार सुब्बालाई पछि पारेका छन् । पौडेलले १९२७ मत ल्याउँदा १४२७ मत ल्याएका छन् । उपमेयरमा एमालेकी संगीता चौधरीले १५४३ मतले अगाडी छन् । उपमेयरमै एकीकृत समाजवादीमा केशब विष्टले अहिलेसम्म मत प्राप्त गरेका छैनन् ।
0 प्रतिकृया