धरानमा किशोर राईको अग्रता कायमै, साम्पाङ दोश्रो स्थानमा
एक्सन खबर
धरान । सुनसरीको धरानमा गठबन्धन दलको नेपाली कांग्रेसले अग्रता कायम राखिरहेको छ । पछिल्लो मतगणना अनुसार धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसमा उम्मेदवार किशोर राईले २२५१ मत प्राप्त गरेका छन् ।
दोश्रो स्थानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ रहेका छन् । उनको १५४२ मत भएको छ । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी १२९७ मतसहित तेश्रो स्थानमा रहेकी छन् ।
उपमेयरमा पनि गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । गठबन्धन दलको एकीकृत माओवादीका अवइन्द्र बेघाले २४०८ मत प्राप्त गरेका छन् । भने, एमालेका पदमप्रसाद इस्वोले १५९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।
धरानमा गठबन्धनबाट वडा नं. ३ मा विद्या शाक्यले जित हासिल गरेकी छन् । वडा नं. २ मा नेकपा एमालेका रमेश राई विजयी भइसकेका छन् । धरान १ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । उक्त वडामा कांग्रेसका अध्यक्षका उम्मेदवार यज्ञमणी आचार्य विजयी भएको हाम्रा संवाददाता भरतराज शर्माले जनाएका छन् ।
0 प्रतिकृया