Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


गाेकुल बास्काेटाकाे वडामा एमालेकाे प्यानलै विजयी

एक्सन खबर
जेठ, २, २०७९


गाेकुल बास्काेटाकाे वडामा एमालेकाे प्यानलै विजयी

काभ्रे, २ जेठ । पूर्वमन्त्री एवं सांसद गाेकुल बास्काेटाकाे वडामा एमालेकाे प्यानलै विजयी भएकाे छ। काभ्रेकाे मण्डनदेउपुर-४ मा एमालेबाट वडाध्यक्ष मैतेसिंह तामाङको सिंगो टिम विजयी भएकाे हाे ।

उनी ६ सय २३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ४ सय ६८ मत पाए ।  कांग्रेसका उम्मेदवारले २ सय ७५ मात्र मत पाएका छन् ।

मेयरका उम्मेदवारसमेत रहेका एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टाेकबहादुर वाइवाकाे गृह वडा पनि हाे, याे । तर, उनले याे वडाबाट ५ सय ७३ मत मात्र पाउँदा एमालेबाट मेयरका उम्मेदवार विदुर सापकाेटाले ७ सय १७ मत पाएका छन् । नगरपालिकामा मतगणना जारी छ ।

हालसम्म वडा नम्बर १,२,३ र ४ मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेकाे छ । वडा नम्बर १ र ४ मा एमाले र २ र ३ मा नेपाली कांग्रेसले जित हात पारेका छन् । अहिले वडा नम्बर ५ र ६ काे मतगणना जारी छ ।

 













0 प्रतिकृया