Follow us:


Follow us

१४ असार २०८३, आइतवार
१४ असार २०८३, आइतवार


रियल मड्रिड, बार्सिलोना, एट्लेटिको र सेभियाले अंक बाँडे

एक्सन खबर
जेठ, २, २०७९


रियल मड्रिड, बार्सिलोना, एट्लेटिको र सेभियाले अंक बाँडे

काठमाडौं, २ जेठ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष क्लब रियल मड्रिड, बार्सिलोना,  एट्लेटिको मड्रिड  र सेभिया बराबरीमा रोकिएका छन् ।

ला लिगाको उपाधि जितिसकेको रियल रेलिगेशन क्षेत्रको क्याडिजसँग १-१ गोलको बराबरीमा रोकियो । रियलका लागि मारियानो डियाजले गोल गर्दा क्याडिजका रुवेन सोब्रिनोले बराबरी गोल फर्काए । बराबरीसँगै  रियलको ३७ खेलबाट ८५ अंक छ । क्याडिज ३६ अंक जोडेर १७औँ स्थानमा छ ।

अर्काे खेलमा एट्लेटिको घरेलु मैदानमा सेभियासँग १–१ गोलको बराबरीमा रोकियो । एट्लेटिकोका जोश जिमिनेजले सुरुआती गोल गर्दा सेभियाका युस्सुफ इन न्यास्रीले बराबरीमा गोल फर्काए ।

बराबरीपछि एट्लेटिको ६८ अंक जोडेर तेस्रो स्थानमा छ । सेभिया ६७ अंक जोडेर चौथो स्थानमै रह्यो ।

अर्को खेलमा क्याटलान क्लब बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकियो । घरेलु टोली गेटाफेविरुद्ध  दवाव सिर्जना गरेपनि बार्सिलोनाले गोल गर्न सकेन ।

बराबरीसँगै बार्सिलोना ३७ खेलबाट ७३ अंक जोडेर दोस्रो स्थानमा  छ । गेटाफे ३९ अंक जोडेर १४औं स्थानमा  छ ।













0 प्रतिकृया