Follow us:


Follow us

१२ असार २०८३, शुक्रवार
१२ असार २०८३, शुक्रवार


किशाेर राईसँग मतान्तर घटाउँदै भण्डारी

एक्सन खबर
जेठ, २, २०७९


किशाेर राईसँग मतान्तर घटाउँदै भण्डारी

सुनसरी । धरानमा सत्तारूढ गठबन्धन सँग नेकपा एमालेका उम्मेद्वारले मतान्तर घटाउदै लगेका छन् । हालसम्म मेयरमा गठबन्धन दल नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईले ३४७६ मत प्राप्त गरेका छन् । भने, एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले २८९५ मत पाएकी छिन् । दुवैको मतान्तर ५८१ रहेको छ ।

स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २७०९ मत प्राप्त गरेका छन् । यसअघि उनी दाेश्राे स्थानमा थिए ।  यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ३९५३ मत प्राप्त गरेका छन् । एमाले उम्मेद्वार पदम इस्वोले ३६४५ मत पाएका छन् । दुवैको मतान्तर ४७७ रहेको छ ।

धरानमा हालसम्म वडा १, २, ३ र ४ को मतगणना सम्पन्न भइसकेको छ भने वडा ५, ६, ७ र ८ को मतगणना जारी छ ।













0 प्रतिकृया