Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


भन्दै बालेनको पक्षमा नारा 'देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले'

एक्सन खबर
जेठ, २, २०७९


भन्दै बालेनको पक्षमा नारा 'देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले'

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुसियाली मनाइरहेका छन् ।

सयौंको संख्यामा उपस्थित समर्थक तथा शुभचिन्तकहरूले बालेनको पक्षमा नारा लगाउनुका साथै हुटिङ गरिरहेका छन् । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरूले एमाले, कांग्रेस लगायतका दलमाथि कटाक्ष गरिरहेका छन् ।

'देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले ?', 'नेपाली जनताले के भन्छ, बालेन शाहलाई लेँ भन्छ', जस्ता नारा लगाइरहेका छन् । यतिमात्र नभएर पछिल्लो समय चर्चामा रहेका सागर, वसन्ते, किस्नेसँग जोडेर पनि नाराबाजी गरेको देखिन्छ । उनीहरूले 'सागर वसन्ते किस्ने, बालेन शाहले हो जित्ने' भन्दै नारा लगाएका हुन् ।

मत गणनाको सुरुवाती चरणदेखि नै बालेन शाह अग्र स्थानमा थिए । उनलाई नेकपा एमाले उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेन शाह लौरो चुनाव चिन्ह लिएर काठमाडौं महानगरेको मेयर पदका लागि उम्मेदवार बनेका थिए ।













0 प्रतिकृया