Follow us:


Follow us

१२ असार २०८३, शुक्रवार
१२ असार २०८३, शुक्रवार


गढी गाउँपालिकामा एमालेका आश नारायण र अनिता नै अगाडी

एक्सन खबर


गढी गाउँपालिकामा एमालेका आश नारायण र अनिता नै अगाडी

दुहवी । नेकपा एमालेका उम्मेदवार आश नारायण चौधरीले गढी गाउँपालिकामा कांग्रेसका उम्मेदवार महेश दत्तलाई १६०४ मतले पछि पारेका छन् । आज विहान १० सम्मको मतगणना अनुसार अनुसार गाउँपालिका अध्यक्षको उम्मेदवार चौधरीले २ दिनदेखिको अग्रता अझै कायम राखेका छन् ।

चौधरीले ४९६५ मत ल्याउँदा दत्तले ३३६१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी अनिता साहले अग्रता बनाएकी छन् । सोमबार साँझ कांग्रेसकी उम्मेदवार राजकुमारी चौधरीसँग थोरै मतान्तरले पछि परेकी उनले आज ३६४ ले अग्रता लिएकी छन् । साहले ४०७१ मत ल्याउँदा कांग्रेसकी चौधरीले ३७०७ मत प्राप्त गरेकी छन् ।

गढी २ नं. वडाध्यक्षमा पनि एमालेका प्रभाकर माझी अगाडी छन् । पछिल्लो अपडेट अनुसार माझीले १४२६ ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी जनता समाजवादी पार्टीका ओमप्रकाश यादवले ९६३ मत ल्याएका छन् ।  













0 प्रतिकृया