Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


शंखरापुर नगरपालिकाकाे मेयरमा राप्रपाका रमेश नापित निर्वाचित

एक्सन खबर
जेठ, ३, २०७९


शंखरापुर नगरपालिकाकाे मेयरमा राप्रपाका रमेश नापित निर्वाचित

काठमाडौं, ३ वैशाख । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपा र नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भए । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत प्राप्त गरेका छन् ।

०६२/६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।













0 प्रतिकृया